पोखराको साननानी दोहोरी घरबाट आठ जना जुवाडे पक्राउ

पोखराको साननानी दोहोरी घरबाट आठ जना जुवाडे पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ जेष्ठ २०७९
  • 34.4K
    Shares

पोखराको चिप्लेढुङगास्थित साननानी दोहोरी घरमा जुवा तास खेलिरहेका आठ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ करीब पौने सात बजेको समया जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले सो दोहोरीबाट ८४ हजार छसय ५० रुपियाँ र चार बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका आठै जनाविरुद्ध प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण :-

१. जिल्ला स्याङग्जा वालिङ न.पा. वडा नं.३ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ नयाँगाउँ बस्ने वर्ष २४ को दिपक गुरुङ

२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने वर्ष ४२ को अमृत गुरुङ,

३. जिल्ला स्याङग्जा वालिङ न.पा. वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२६ बुढिबजार बस्ने वर्ष ४३ को मुक्तिमान गुरुङ

४. जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.१३ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.४ चिप्लेढुंगा बस्ने वर्ष ४३ को जय परियार,

५. जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं.२ घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ बस्ने वर्ष ३८ को गगन सिंह गुरुङ,

६. जिल्ला स्याङग्जा वालिङ न.पा. वडा नं.३ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ रामबजार बस्ने वर्ष २८ को निम प्रसाद गुरुङ

७. जिल्ला स्याङग्जा वालिङ न.पा. वडा नं.३ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.४ सिद्धार्थचोक बस्ने वर्ष ३० को चित्र बहादुर गुरुङ

८. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ बाटुलेचौर बस्ने वर्ष ४० को दिलिप गायक,

प्रतिक्रिया
सम्बन्धित समाचार