ब्यापक दबाबपछि नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोप लागेका लामा तीन हजार रुपियाँ धरौटीमा हिरासतमुक्त

ब्यापक दबाबपछि नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोप लागेका लामा तीन हजार रुपियाँ धरौटीमा हिरासतमुक्त


  • जन संचार
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 8.6K
    Shares

भिक्षु फुर्वा लामा

चौतर्फी दबाब र आन्दोलन पछि अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोप लागेका फुर्वा लामा तीन हजार रुपियाँ धरौटीमा रूहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपियाँ धरौटी लिई रिहा गर्न आदेश दिएको थियो। जिल्ला प्रशासनको आदेश बमोजिम लामाले धरौटी राखेर हिरासतमुक्त भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

दर्शक समेत रहेका लामालाई तुरुन्त रिहा गरिनुपर्ने माग गर्दै आज काठमाण्डौका युवाहरुको एक समूहले चावहिलस्थित केएल टावरअघि नाराबाजीसहित प्रदर्शन गर्दै नायिका मिरुना मगर अभिनित फिल्म ‘कबड्डी ४’ प्रदर्शन रोक्न माग गरेका थिए भने उनीहरुले फिल्मको पोस्टर समेत जलाएका थिए । उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै नायिका मिरुनाले माफी माग्नुपर्ने माग राखेका थिए ।

अभिनेत्री मिरुना मगरले गत आइतबार काठमाण्डौको सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफ्नो संवेदनशील अंगमा छोएको भन्दै मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुलाई झापड हानेकी थिइन्। त्यसपछि उनले ती बौद्ध भिक्षुका बिरुद्ध उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको थियो। मिरुनाले झापड हानेपछि लामाले अन्जानमा छोइएको भनेर उनीसँग भिडमै माफी मागेका थिए।

प्रतिक्रिया