मिस नेपालको अन्तिम २४ प्रतिस्पर्धी मध्ये डाक्टर इन्जिनियर संचारकर्मी र उद्यमीहरुको लर्को

मिस नेपालको अन्तिम २४ प्रतिस्पर्धी मध्ये डाक्टर इन्जिनियर संचारकर्मी र उद्यमीहरुको लर्को


  • जन संचार
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 2.8K
    Shares

मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । अन्तिम २४ जनामध्ये ६ जना डाक्टर र तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् ।

मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए ।

अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् ।

मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावरीमा हुँदैछ ।

प्रतिक्रिया