नायिका मिरुना मगरविरुद्ध प्रदर्शन, कबड्डी-४ प्रदर्शन रोक्न माग

नायिका मिरुना मगरविरुद्ध प्रदर्शन, कबड्डी-४ प्रदर्शन रोक्न माग


  • जन संचार
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 6K
    Shares

फिल्म ‘कबड्डी ४’विरुद्ध काठमान्डौको चावहिलस्थित केएल टावरअघि प्रदर्शन

‘कबड्डी ४’की अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ ।

मंगलबार बिहान युवाको एक समूहले काठमाण्डौको चावहिलस्थित केएल टावरअघि नाराबाजीसहित प्रदर्शन गर्दै नायिका मिरुना मगर अभिनित फिल्म ‘कबड्डी ४’ प्रदर्शन रोक्न माग गरेका छन्। उनीहरुले फिल्मको पोस्टर समेत जलाएका छन् । उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै नायिका मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन्।

अभिनेत्री मिरुना मगरले गत आइतबार काठमाण्डौको सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफ्नो संवेदनशील अंगमा छोएको भन्दै मुगु स्थायी घर भएका फुर्वा लामा नामक एक बौद्ध भिक्षुलाई झापड हानेकी थिइन्। त्यसपछि उनले ती बौद्ध भिक्षुका बिरुद्ध उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले लामालाई पक्राउ गरेर आबश्यक अनुसन्धानका लागि भन्दै हिरासतमा राखेको छ।

मिरुनाले झापड हानेपछि लामाले अन्जानमा छोइएको भनेर उनीसँग भिडमै माफी मागेका थिए। प्रहरी हिरासतमा पनि उनले नियतवश नछोएको बताएका छन्।

फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि मंगलबार बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।

प्रतिक्रिया