पोखरामा गएराती भएको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
पोखरा एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर गएराती १२ः४५ बजे पोखरा महानगरपालिका–९ मा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, सो स्कुटर दुर्घटनामा परेर स्कुटरको पछाडी बसेका पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० बर्षीय किशोर कुमार थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा राती सवा १ बजे मृत्यु भएको हो ।
दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० बर्षीय नागेन्द्र केसीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।