ठुलो मात्रामा लागू औषध सहित पोखराबाट तीन जना पक्राउ परका छन्।
पोखरा महानगरपालिका वडा नम्बर २६ जरुवाबाट स्थानीय दुई जनासहित तीन जनालाई प्रहरीले ठुलो मात्रमा लागू औषधसहित पक्राउ गरेको हो।
प्रहरीले स्थानीय बासिन्दा वर्ष ३० को किशोर परियार र वर्ष ३४ को ज्ञान बहादुर पुन तथा पोखरा महानगरपालिका वडा नम्बर ३१ लामास्वारा बस्ने वर्ष ३१ को बिक्की भन्ने विकास गुरुङलाई अबैध लागू औषधसहित पक्राउ गरेको बताइएको छ। उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम-३० एम्पुल, फेनेरागन-३० एम्पुल, नुर्फिन–३० एम्पुल गरी जम्मा-९० एम्पुल र नाईट्रोभ्याट १५ ट्याबलेट लागू औषध र ३ थान मोबाईल बरामद गरिएको दाबी गरेको छ।
शंकाश्पद रुपमा हिडिरहेका उनीहरुलाई प्रहरीले चेकजांच गर्दा उक्त मात्रामा लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरु बिरुद्ध प्रहरीले जीला सरकारी वकिलको कार्यालय कास्की मार्फत जिल्ला अदालत कास्कीमा लागू औषध सम्बन्धी मुद्दा दर्ता गराई पहिलो पटक सात दिनको म्याद थप गरिको प्रहरीले जनाएको छ।