सिरहामा हार्डवेयर ब्यबसायी बाबु-छोराको हत्या

सिरहामा हार्डवेयर ब्यबसायी बाबु-छोराको हत्या


  • जन संचार
  • आइतबार, ८ जेष्ठ २०७९
  • 3.6K
    Shares

सिरहामा हार्डवेयर ब्यबसायीको बाबु छोराको शनिबार राति धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

सिरहाको अर्नमा गाउँपालिका-१ महनौर बजारमा हार्डवेयर ब्यबसाय संचालन गर्दै आएका १९ वर्षीय सन्तकुमार पाल र उनका ६० वर्षीय बाबु चुलाही भन्ने चन्देश्वर पालको गए राती हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जेठ ११ गते विवाहको तयारी गरिरहेका सन्तकुमारपालका बाबु छोरालाइ विवाह गीत गाएर सुतिरहेकै अवस्थामा धारिलो हतियार प्रहार गरि करिब १२ बजे हत्या गरेको पाइएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीका अनुसार, बाबु एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।

उक्त हत्या सम्बन्धमा आभास्यक अनुसन्धान भैरहेको डीएसपी बुढाथोकीले बताए।

प्रतिक्रिया