पोखरामा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार, पोखरा महानगरपालिका वडा नम्बर २९ लेखनाथस्थित आदर्शचोकमा ना४ख ९३८१ नम्बरको ट्रकमा ग१३प १८०६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। सो दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ ढोरफिर्दीका २० वर्षीय नबिन थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको उपचारका क्रममा साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
सोही मोटरसाइकलको पछाडी बस्ने ढोरफिर्दीस्थित झारी तालाबेशीका २५ वर्षीय दिपेन्द्र रावल गम्भीर घाइते भएका छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ।
उक्त दुर्घतानापश्चात प्रहरीले ट्रक चालक रुपन्देही घर भएका रामजीदास मल्लाहलाई पक्राउ गरेर आबश्यक अनुसन्धान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। सांकेतिक चित्र