स्याङ्गजामा पाँच वर्षीया बालिका बलात्कृत : ६१ वर्षीय बिक पक्राउ

स्याङ्गजामा पाँच वर्षीया बालिका बलात्कृत : ६१ वर्षीय बिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ जेष्ठ २०७९
  • 3K
    Shares

स्याङ्गजामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन। आफन्तकोमा गएको बेला स्याङ्गजा जिल्ला हरिनास गाउँपालिका -४ राम्चे घर भएकी पाँच वर्षीया बालिका बलात्कृत भएकी हुन्।

पांच वर्षीया ती नाबालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका कंडाले घर भएका ६१ वर्षीय होम बहादुर बिकलाई पक्राउ गरेको छ। अभियुक्त बिकलाई ईलाका प्रहरी कार्यालय चिसापानी र प्रहरी चौकी चित्रेभन्ज्याङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

हरिनास स्थित आफन्तको घरमा आएका बेला ती बालिकालाई अभियुक्त बिकले ललाई फकाई सोही स्थानको चौतारीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले बताएको छ। अभियुक्त बिक बिरुद्ध नाबालिका करणी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार