काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहको हारजितको विषयमा २८ किलोको खसी बाजी राख्ने खोटाङका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ रमेश खड्का र विजय फुयाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उनीहरुले लिखित कागज गरेर २८ किलोको खसी बाजी राखेको कागज सामाजिक सञ्जालमा छ्यालब्याल भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
खोटाङ प्रहरीका अनुसार बाजी राखेका कारण युवकहरुलाई समातिएको हो।काठमाडौँ महानगरबाट बालेन शाहले अग्रता बनाउन थालेपछि खोटाङका यी दुई युवकले बाजी राखेका थिए।