स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २७ मा मध्यरातदेखि शुरु भएकै दिन पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलाकोट नजिक दादरे भन्ने स्थानमा एक जना मानिस मृत भेटिएका छन्।
धादिङ घर भएका कान्छा तामाङ बुधबार साँझ ६ बजेतिर स्थानीय जंगलको छेउमा मृत भेटिएका हुन्।
स्थानीय जंगलको छेउमा शब् भेटिएको खबर पाए पछि प्रहरी राती नौ बजेतिर घटनास्थलमा पुगेको छ। उनको शरीरमा कुनै चोटपटक नदेखिए पनि खूत्ताको आसपासमा जुकाले टोकेको रगतको टाटा देखिएको स्थानीय बासिन्दा समेत रहेका नेकपा एमालेका तर्फबाट वडा सदस्य पदका उम्मेदवार रामकाजी गुरुङले जानकारी दिए। तामाङको मृत्युको कारण खुल्न सकेको छैन।
स्थानीय बासिन्दाहरुका अनुसार, तामाङलामो समयदेखि अर्मलाकोटमा बस्दै आएका थिए। उनी बाँसको डोका, डाला बनाएर स्थानीय बासिन्दाहरुलाई बेच्ने गर्दथे। उनी बुधबार दिउसो सोही क्षेत्रमा यताउता गरेको देखिएका थिए। सांकेतिक चित्र