म्याग्दीमा ट्रक दुर्घटनाग्रस्त : ट्रकधनी र चालकको मृत्यु

म्याग्दीमा ट्रक दुर्घटनाग्रस्त : ट्रकधनी र चालकको मृत्यु


  • जन संचार
  • बुधबार, २८ बैशाख २०७९
  • 9.7K
    Shares

ट्रक दुर्घटना

निलगिरी जलविद्युत् आयोजनास्थलमा सिमेन्ट पुर्‍याएर फर्कंदै गरेको एक ट्रक म्याग्दीमा दुर्घटनाग्रस्त हुँदा ट्रकधनीसहित दुई जनाको मृत्यु भएको छ।

म्याग्दीको न्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माणाधीन निलगिरी जलविद्युत् आयोजनास्थलमा सिमेन्ट पुर्‍याएर फर्कंदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक मालचरी भन्ने ठाउँमा मंगलबार साँझ दुर्घटनाग्रस्त हुँदा ट्रकधनीसहित दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् ।

घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार, आयोजनाको छोटेपास्थित हेडवक्र्समा सिमेन्ट पुर्‍याएर फर्कने क्रममा मालचरी भन्ने ठाउँमा ट्रक घुम्तीमा मोड्ने क्रममा सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटनामा परेको हो ।

प्रतिक्रिया