एसियाली खेलकुदको तयारी गरिरहेकी भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् ।
प्रशिक्षणका क्रममा ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको संचार स्रोतले बतायो । उनको मृत्युको कारण बारे बिस्तृत विवरण भने आउन बाँकी छ।
नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।