लमजुङमा प्रहरीले एक राँगालाई गोली हानेर मारेको छ। घरधनीलाई हानेर मारिदिए पछि लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ मा प्रहरीले त्यस राँगालाई गोली हानेर मारेको हो ।
प्रहरीका अनुसार, केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर समात्न गएका घरधनी ४४ वर्षीय खुमबहादुर मौरतीलाई राँगाले हानेर घाइते बनाएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल जिल्ला अस्पताल लमजुङ पुर्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।
सोही राँगाले हानेर शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।