पार्टीको दबाब खेप्न नसकेपछि सुनसरीमा कांग्रेसका वागी उम्मेदवार गणेश पौडेलले आत्महत्या गरे

पार्टीको दबाब खेप्न नसकेपछि सुनसरीमा कांग्रेसका वागी उम्मेदवार गणेश पौडेलले आत्महत्या गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ बैशाख २०७९
  • 4.9K
    Shares

आसन्न स्थानीय तहको चुनाबमा नेपाली कांग्रेसका उम्मेदवारबिरुद्ध सुनसरीमा बागी उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन्।

कांग्रेसका आधिकारिक उम्मेदवार बिरुद्ध सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेलले झुण्डिएर आत्महत्या गरेका हुन्। उनी आफ्नै घर पछाडिको आँपको रुखमा झुण्डिएको अवस्थामा शनिबार बिहान फेला परेका प्रहरीले जानकारी दिएको छ।

पौडेलको आत्महत्या घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पोष्टमार्टमका लागि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । ।

प्रहरीले आत्महत्याको कारण खोजि गरिरहेको छ। तर उनको शवसँगै प्रहरीले सुसाइड नोट पनि बरामद गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुसाइड नोटमा पौडेलेले लेखेका छन्, ‘यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू । डीएसपी एन कार्की एकदमै राम्रो मान्छे यति बुझदिनू । पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु । घरपरिवारलाई ठीकसँग राख्नू । कसैले पिर नगर्नू । समय कम छ । यतिनै लेखे । अस्तु ।’

रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुँदा पनि ०७४ को चुनावा पनि टिकट नदिएको र यसपटक पनि नदिएपछि आफ्नो स्वतन्त्र प्यानलै बनाएर वडा ८ बाट वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको विवादका बीच पौडेलको मानसिक सन्तुलनमा केही गडबढी उत्पन्न भएकाले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । तर उनले मितिसहितको हस्ताक्षर गरेको सुसाइड नोट उनैले लेखेको हो वा अरुको दबाबमा परेर लेखेको त्यसबारे भने अनुसन्धान हुन बाँकी छ ।

निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो । तर पौडेलले फिर्ता नलिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । पौडेलको आत्महत्या घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पोष्टमार्टमका लागि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार