स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीच खुकुरी हानाहान

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीच खुकुरी हानाहान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ बैशाख २०७९
  • 3.1K
    Shares

घाइते

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।

चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको थियो ।

खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएका छन् । घाइते मगरको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार