सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नम्बर–५ नक्कलेमा शुक्रबार भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने थप सात जना घाइते भएका छन्।
सिन्धुलीको भित्री सडक खण्डअन्तर्गत पर्ने वाङरिङबाट चकमके तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०४५६ नम्बरको बोलेरो जिप नक्कलेमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो भने थप सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार, दुर्घटनामा सोही गाउँपालिकाको वडा नम्बर–९ आम्बोटे बस्ने ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थान बस्ने ५१ वर्षीय रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका वडा नम्बर–७ बस्ने ३० वर्षीय रुपा मगरको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका सात जनाको स्थानीय बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको डिएसपी लामाले बताए। जिप अनियन्त्रित भई सडकबाट करिब एकसय मिटर तल खसेको सिन्धुलीका डिएसपी लामाले जानकारी दिए ।