उम्मेदवारको मृत्यु भएपछि केराबारीको निर्वाचन स्थगित

उम्मेदवारको मृत्यु भएपछि केराबारीको निर्वाचन स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ बैशाख २०७९
  • 5.6K
    Shares

नवीन लिङ्देन लिम्बू

यही बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु भोट माग्न यतिबेला गाउघर, टोल-टोल र घर घरै पुगेका छन्। तर मोरङको केराबारी गाउँपालिकाको निर्वाचन प्रक्रिया नै सबै स्थगित भएको छ।

मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको नेपाली कांग्रेसका ३८ वर्षीय नबिन लिङ्देन लिम्बूको मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए। निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उनले बताए ।

लिम्बूको हृदयघातका कारण शुक्रबार मृत्यु भएपछि कांग्रेसका केराबारी गाउँपालिकाका सभापति प्रकाश बस्नेतले निर्वाचन अधिकृतको कार्यालय केराबारीलाई लिखित रुपमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार