किशोरी गायिका वलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहका बारे बैशाख २२ गते फैसला हुने भएको छ। उनलानी जिल्ला अदालत नवलपुर र तनहुँले पुरुपक्षका लागि थुनामा राख्न दिएको आदेशका बारे उच्च अदालत पोखरामा यही बैशाख २२ गते बहस पैरवी हुने भएको छ।
उच्च अदालत पोखराका न्यायाधिश ढुण्डीराज आचार्यको एकल इजलाशले आज अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दिएको दुवै आदेश एकैपटक यही बैशाख २२ गतेको इजलाशमा पेश गर्ने आदेश दिएको अभिनेता पल शाहका पक्षबात वकालत गरिरहेका अधिबक्ता कमल मोहन वाग्लेले जानकारी दिए। सोही दिन अभिनेता शाहका बारे थुनछेक बहस हुने उनले बाटै।
किशोरी गायिकाले अभिनेता पल शाह आफुलाई तनहुँ र नवलपुरको गैंडाकोटमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिए पछि अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। उनीविरुद्ध तिनै किशोरी गायिकाले इलाका प्रहरी कार्यालय गैन्दाकोत्मा पनि आफुलाई वलात्कार गरिएको भन्दै उजुरी दिएकी थिइन्।
दुवै प्रहरी कार्यालयले आबश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सम्बन्धित जिल्ला अदालतमा पेश हुँदा दुवै अदालतले अभिनेता पल शाहलाई पुर्पक्षमा रहने गरी कारागारमा राख्न आदेश दिएको थियो। अदालतको आदेश बमोजिम अभिनेता पल शाह अहिले तनहुँ जिल्ला कारागारमा रहेका छन
यसैबीचमा अभिनेता पल शाहका तर्फबाट उच्च अदालत पोखरामा आफुलाई अदालतले बेरित्को आदेश दिएर थुनामा राखेको भन्दै भिन्नाभिन्नै समयमा उच्च अदालतमा अपिलसहितको निवेदन दिएका थिए। उनले आफुले धरौटीमा रही मुद्दा लड्न पाउनुपर्ने निवेदनमा जिकिर गरेका छन्।
अभिनेता पल शाहका दुवै निवेदन एकैचोटी यही बैशाख २२ गते पेश गर्न आज उच्च आदलत पोखराले आदेश दिएको प्राप्त समाचारमा जनाइएको छ।