नौ जना राष्ट्रिय फुटबल खेलाडीद्वारा एएफसी एसियन कप छनोट प्रशिक्षण बहिष्कार

नौ जना राष्ट्रिय फुटबल खेलाडीद्वारा एएफसी एसियन कप छनोट प्रशिक्षण बहिष्कार


  • जन संचार
  • बुधबार, १४ बैशाख २०७९
  • 5K
    Shares

एएफसी एसियन कप छनोटको तयारीका क्रममा बन्द प्रशिक्षणमा रहेका नौ जना खेलाडीले प्रशिक्षण छाडेका छन्।

अखिल नेपाल फुटबल संघद्वारा आयोजित बन्द प्रशिक्षणमा रहेका २५ मध्ये जना खेलाडीले प्रशिक्षण छाडेका हुन्। मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए। तर राति नौ बजे नौ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ ।

होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ ।

बन्द प्रशिक्षणमा रहेको कुन कुन खेलाडीले बन्द प्रशिक्षण छाडे भन्ने बारेमा खुल्न बाँकी छ भने उनीहरुले प्रशिक्षण छाड्नुको कारण पनि खुलेको छैन।

प्रतिक्रिया