स्याङ्जामा ट्रयाक्टरले च्यापिँदा एक जनाको मृत्यु

स्याङ्जामा ट्रयाक्टरले च्यापिँदा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ बैशाख २०७९
  • 2K
    Shares

स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा ट्रयाक्टरको चक्काले च्यापिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका १ साल डाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् ।

भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फ जाँदै गरेको ना ६ त १८१९ नम्बरको ट्रयाक्टरबाट भुजेल अचानक खसेका थिए ।  गएराती ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार