सबैलाई चकित पारेर सुटुक्क बिबाह गरेकी अभिनेत्री केकी अधिकारीले बिबाहपछिको आफ्नो जोडीको फोटो सार्वजनिक गरेकी छिन।
व्यबसायी रोहित तिवारीसँग सुटुक्क विवाह गरेकी अभिनेत्री केकी अधिकारीले बिबाहपछिको आफ्नो जोडीको फोटो सार्वजनिक गरेकी हुन।
रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबैतर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह भएको थियो । श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन् ।

केही समय अघि भेटघाट भएका केकी र रोहित पछिल्लो समय प्रेम सम्बन्धमा थिए । केकीले यो कुरालाई गोप्य राखेकी थिईन् । तथापि उनले विवाह गर्ने भन्ने चर्चा केही दिन यताबाट चल्दै आए पनि दुलाहासँग केकीको मेहेन्दी समारोहको फोटो बुधबार बेलुका सार्वजनिक भएको थियो । बिहिबार विवाह सम्पन्न भएपछि उनले विवाहका केही तस्बिरहरु सार्वजनिक गर्दै आफु र रोहितले नयाँ जीवनको थालनी गरेको बताएकी छिन् ।
विवाहको तीन वटा तस्बिर फेबसुकमा सार्वजनिक गर्दै बिहिबार बेलुका केकीले लेखेकी छिन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु ।

कलाकारका रूपमा मेरा हरेक उतार–चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसककंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’