पर्वतकाे सदरमुकाम कुश्मा बजारकाे एक घरमा आगलागी भएकाे छ । लक्ष्मी श्रेष्ठकाे घरमा आगलानी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएकाे छ ।
विद्युत् सटका कारण आगलागी भएकाे अनुमान गरिए पनि अझै कारण पत्ता लागिनसकेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथाेकीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने भएकाे छैन ।
करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रकाे टाेलीकाे पहलमा आगलागी नियन्त्रणमा आएको बताइएको छ । आगाे नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाकाे बाग्लुङ नगरपालिकाबाट वारूणयन्त्र मगाइको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जाेशीले जानकारी दिए ।