पल शाह प्रकरणमा उजुरीकर्ता समेत रहेका पिडित भनिएकी किशोरी गायिकाका बाबुले पनि बयान फेरे

पल शाह प्रकरणमा उजुरीकर्ता समेत रहेका पिडित भनिएकी किशोरी गायिकाका बाबुले पनि बयान फेरे


  • जन संचार
  • मंगलबार, ६ बैशाख २०७९
  • 5.5K
    Shares

अभिनेता पल शाह

आफ्नी नाबालिका छोरीलाई ललाई फकाई पटक पटक वलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोट र जिल्ला प्रहरी कार्यालय तनहुँमा अभिनेता पल शाह बिरुद्ध उजुरी दर्ता गराएका पिडित भनिएकी किशोरी गायिकाका बाबुले पनि आफ्नो बयान फेरेका छन्।

जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भन्दै आफ्नो बयान फेरेका हुन् । यस अघि सोमबार पिडित भनिएकी किशोरी गायिकाले पनि जिल्ला अदालत तनहुँमा आफु माथि बलात्कार नभएको र अरु कसैको उक्साहटमा आफुले अभिनेता पल शाहबिरुद्ध उजुरी दर्ता गराएको बयान दिएकी थिइन्।

‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा रहने गरी तनहुँ जिल्ला कारागारमा बन्दी छन् ।

प्रतिक्रिया