अभिनेता पल शाह सर्वोत्कृष्ट नायकको अवार्डबाट सम्मानित, शाहको तर्फबाट आज उच्च अदालत पोखरामा निवेदन दर्ता हुँदै

अभिनेता पल शाह सर्वोत्कृष्ट नायकको अवार्डबाट सम्मानित, शाहको तर्फबाट आज उच्च अदालत पोखरामा निवेदन दर्ता हुँदै


  • जन संचार
  • मंगलबार, २९ चैत्र २०७८
  • 3.9K
    Shares

अभिनेता पल शाह, नायिका पुजा शर्मा

किशोरी गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँ कारागारमा बन्दी जीवन बिताई रहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन् ।

चलचित्र विकास बोर्डमा आज बाँडिएको बक्स अफिस फिल्म अवार्डमा सोमबार अभिनेता पल शाह सर्वोत्कृष्ट नायक ठहरिएका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ बाट पलले सर्वोत्कृष्ट नायकको अवार्ड पाउँदा सोही चलचित्रबाट पूजा शर्मा पनि सर्वोत्कृष्ट नायिका बन्न सफल भइन् । यस्तै, सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । चलचित्रले वर्षकै सफल चलचित्रको अवार्डसमेत जितेको छ ।

अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा उपस्थित थिए । उनीहरूले पललाई मिस गरेको बताए ।

त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका छन् ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, किशोरी गायिका वलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनमा राख्न नवलपुर जिल्ला अदालतले दिएको आदेश बिरुद्ध शाहका पक्षबाट आज उच्च अदालत पोखरामा याचिका सहितको निवेदन दर्ता हुने सम्भावना रहेको छ।

उनलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले गरेको आदेशको पूर्ण पाठ आज मात्र उच्च अदालत पोखरामा प्राप्त भएकाले त्यस आदेशका बिरुद्ध उच्च अदालत पोखरामा अभिनेता शाहका तर्फबाट आज याचिका सहितको निवेदन दर्ता गर्न लागिएको अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।

आफुलाई बेरितको आदेश दिएर थुनामा राखिएको जिकिर गर्दै अभिनेता पल शाहका तर्फबाट उच्च अदालत पोखरामा निवेदन दर्ता गर्न लागिएको अधिवक्ता वाग्लेले जानकारी दिए। निवेदनमा अभिनेता पल शाहले आफुलाई थुना बाहिर बसेर मुद्दा लड्ने व्यवस्थाका लागि अपिल गर्ने छन्।

यदि आज सम्भव नभए भोलि बुधबार जसै गरी शाहको तर्फबाट उच्च अदालत पोखरामा याचिकासहितको निवेदन दर्ता हुने अधिवक्ता वाग्लेले बताए।

उच्च अदालत पोखरामा हरेक बिहिबार याचिकासहिताको निवेदन उपर हरेक बिहीबार बहस पैरवी हुने गरेको छ। बुधबारसम्म उच्च अदालत पोखरामा याचिका सहितको निवेदन दर्ता भएमा त्यसको भोलिपल्ट उनको निवेदन उपर बहस पैरवी भै थुनछेकको बहस हुन् सक्थ्यो। तर यस पटकको बिहिबार सार्वजनिक बिदा परेकाले आगामी बैशाख ८ गते बिहीबारका दिन अभिनेता पल शहक याचिकाका बारेमा उच्च अदालत पोखरामा बहस हुनेछ। सम्भवत: त्यसै दिन हुने थुनछेक बहसले अभिनेता पल शाह साधारण तारेख वा धरौटीमा छुट्नेछन। यदि त्यसो नभए उनी पुर्पक्षमा रहेर बन्दी जिवनसहित आफु बिरुद्धको मुद्दा लड्नु पर्ने छ।

अदालतले के आदेश गर्छ ? त्यो भने अहिले नै यसै भन्न सकिन्न। तर किशोरी वलात्कार गरेको आरोप लागेका पोखराका प्रतिष्ठित पर्यटन ब्यबसायी दि होटेल कान्तिपुरका मालिक सुन्दर कुमार श्रेष्ठ उच्च अदालत पोखराको आदेशमा धरौटीमा छुटेका थिए र करीब दुई वर्षपछी गत हप्ता उनले आरोपबाट सफाई समेत पाएका छन्।

प्रतिक्रिया