जङ्गली च्याउ खाँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ भने थप दश जना बिरामी भएका छन्।
जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेकी ४७ वर्षीया सुनिमाया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । च्याउ खाँदा थप १० जना पनि बिरामी परेका थिए।
गत चैत १८ गते जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाई खाएपछि बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।