एकाबिहानै कार मर्दीखोलामा खस्यो, चार जना घाइते

एकाबिहानै कार मर्दीखोलामा खस्यो, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ चैत्र २०७८
  • 5.7K
    Shares

कार दुर्घटना

आज एकाबिहानै कास्की जिल्लाको मर्दीखोलामा कार खसेर दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका –४,लाहाचोकबाट पोखरा आउँदै गरेको ग ३ च ७५८७ नं को कार आज विहान अन्दाजी ७ः४५ मर्दी खोलामा खस्दा चार जना घाइते भएका हुन् ।

सो दुर्घटनामा परेर लाहाचोक बस्ने वर्ष ७० का भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घाईते भएका छन्। घाइते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कार अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल मर्दीखोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार