कैलालीको घोडाघोडी मन्दिरको घण्टी चोरी गरेर बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
घोडाघोडी नगरपालिका–१ का ५२ वर्षीय फुलराम चौधरी र वडा नम्बर ३ का ३८ वर्षीय नारायण दास चौधरीलाई प्रहरीले घोडाघोडी मन्दिरको घण्टी चोरी गरेर बेच्न खोजेको आरोपमा पक्राउ गरेको हो।
उनीहरुको साथबाट एक क्विन्टल ६० किलो पुराना घण्टी बरामद भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
दुवैले साडेपानीको एक भाडा पसलमा ती घण्टी बिक्री गर्न खोजेका थिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए।