पोखरा भित्रिदै गरेको ठुलो मात्राको अबैध लागू औषधसहित तीन जना पक्राउ

पोखरा भित्रिदै गरेको ठुलो मात्राको अबैध लागू औषधसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ चैत्र २०७८
  • 4.5K
    Shares

ठुलो मात्रामा अबैध लागू औषध पोखरा ल्याउदै गरेका तीन जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १२ बस्ने वर्ष २६ को अमित शर्मा बढै, सोही नगरपालिकाको वडा नम्बर १३ बस्ने वर्ष २६ को गोपी लोनिया र वर्ष २२ को प्रदिप बानियालाई प्राह्रीले ठुलो मात्रामा अबैध लागू औषध सहित पक्राउ गरेको हो। .

उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम-२०० एम्पुल, फेनेरागन-२०० एम्पुल र नुर्फिन–२०० एम्पुल गरी जम्मा-६०० एम्पुल लागू औषध र एक थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तनहुँबाट पोखरातर्फ आउदै गरेको बसलाई पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित लामे आहालमा मा चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट उक्त परिमाणको अबैध लागू औषध बरामद गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरुविरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

लागू औषधका कारोबारी
लागू औषधका कारोबारी

प्रतिक्रिया
सम्बन्धित समाचार