ट्याक्टरबाट खसेर तनहुँमा २३ वर्षीया युवतीको मृत्यु

ट्याक्टरबाट खसेर तनहुँमा २३ वर्षीया युवतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० चैत्र २०७८
  • 11.9K
    Shares

ट्याक्टरबाट खसेर तनहुँमा २३ वर्षीया एक युवतीको आज मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्ककी २३ वर्षीया एलिना श्रेष्ठको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार, उनी गएराति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए । घटना पश्चात ट्याक्टर र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ। सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार