जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा तनहुँमा जिल्लाको म्याग्दे गाउँपालिका-३ धयरेका १० जना विरामी परेको तनहुँ प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी पर्नेमा स्थानीय २७ वर्षीया सविता थापा, छ वर्षीया जेनिशा थापा, ४५ वर्षीया पदुमाया थापा मगर, चार वर्षीय जेन्स थापा, २६ वर्षीया बासना थापा, ४६ वर्षीया पार्वती थापा, २२ वर्षीय सुमन थापा, छ वर्षीय प्रिन्स थापा, २४ वर्षीया सरिता थापा र ४७ वर्षीय पदम थापा छन् ।
खानासँग तरकारीका रुपमा च्याउ खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । बिरामीलाई दमौलीस्थित व्यास नगर अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको छ ।