बजारमा बेहोश भएर ढलेका सिराहाका वडाध्यक्ष यादवको निधन

बजारमा बेहोश भएर ढलेका सिराहाका वडाध्यक्ष यादवको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ चैत्र २०७८
  • 7.7K
    Shares

वडाअध्यक्ष रामदेव यादव

सिराहाको गोलबजार नगरपालिका- ११ बलकावाका वडाअध्यक्ष रामदेव यादवको निधन भएको छ । वडाअध्यक्ष यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।

मुटुरोगबाट पीडित यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।

उनले गत माघमा काठमाडौंबाट उपचार गरेर घर फर्किएका थिए। उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडाअध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार