लागू औषधसहित पोखराबाट मर्साङ्गी पक्राउ

लागू औषधसहित पोखराबाट मर्साङ्गी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ चैत्र २०७८
  • 4.5K
    Shares

चित्र कुमार मर्साङ्गी

लागु औषधसहित पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको बर्दिबास घर भइ हाल पोखरा १ सिमपानी बस्दै आएका ३६ वर्षिय चित्र कुमार मर्साङ्गीलाई पोखरा वडा नम्वर ४ बाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाईजापाम–६२ एम्पुल, फेनेरागन–६९ एम्पुल र नुर्फिन–३८ एम्पुल गरी जम्मा–१६९ एम्पुल लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका मर्साङ्रगीलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार