हिजो आज आमाबाबु फेसबुक र टिकटक जस्ता सामाजिक संजालमा व्यस्त हुने गरेका छन्। जसकारण स-साना बालबालिकाको हेरचाहमा उनीहरुको यति धेरै ख्याल हुँदैन
ससाना बालबालिकाहरुको चकचके बानी हुन्छ। त्यसमा पनि डेढ दुई वर्षका बालबालिकाको हेरचाहमा बिशेष ध्यान दिनुपर्ने हुन्छ। ठिक त्यस्तै भएको काठमाण्डौमा।
काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ ।
गएराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार टाउको गम्भीर चोट लागेकी घाइते बालिकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो ।