अबैध रुखमा सालको काठहरु लुकाईछिपाई राखेको आरोपमा स्याङ्जाबाट चार जना पक्राउ

अबैध रुखमा सालको काठहरु लुकाईछिपाई राखेको आरोपमा स्याङ्जाबाट चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ चैत्र २०७८
  • 6.1K
    Shares

अबैध रुखमा सालको काठहरु लुकाईछिपाई राखेको आरोपमा प्रहरीले स्याङ्जाबाट चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएर गएको प्रहरी टोलीले बिरुवा गाउपालिकाको वडा नम्बर ४ पाटनेवाट ६० थान सालको काठका पिस, एउटा ट्याक्टरसहित चार जनालाई पक्राउ गरेको हो।

प्रहरीले पाटनेका वर्ष ४० को खुम बहादुर सार्की, वर्ष ५९ हस्त बहादुर सार्की र वर्ष ६८ की लक्ष्मी नेपालीलाई अबैध रुपमा सालको काठ लुकाइछिपाई राखेको आरोपमा पक्राउ गरेको हो भने ग. १ त. ५६७५ नम्बरको ट्याकटर र चालक पुतलीबजार न.पा.१३ बस्ने बर्ष २५ को अमिरदिन मियालाई सालको चिरान काठ नौ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

खुम बहादुर सार्कीको बारिबाट चिरान काठ ८ पिस, हस्त बहादुर सार्कीको बारिबाट सालको चिरान ४ पिस, गोलिया ७ थान, लक्ष्मी नेपालीको गोठबाट सालको चिरान १९ ,गोलिया ९ थान तथा बेवारिसे अवास्थामा सालको गोलिया ४ थान बारामद गरिएको प्रहरीको दाबी छ।

पक्राउ गरिएका चारै जनालाई बरामद भएका ट्याक्टर र काठ सहित आबश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय बाडखोला स्याङ्जामा बुझाईएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार