आफुले पढाउने छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा चितवनको माडीबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
आफुले पढाउने छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका वडा नं १ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक वर्ष ३७ का सुरज लामिछानेलाई पक्राउ गरेको हो ।
उनी बिरुद्ध कक्षा ९ अध्ययनरत १५ वर्षकी छात्रालाई यौन दुर्ब्यबहार गरेको भन्दै उजुरी परेको प्राह्रीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, पिडित बालिकाको तर्फबाट आफन्तले लामिछानेबिरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा चैत ६ गते लिखित जाहेरी दिएका थिए। पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।