कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित तादीखोलाको भीरमा आज जीप दुर्घटनाग्रस्त हुँदा सवारी चालकको घटनास्थलमा नै मृत्यु भएको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित तादीखोला भीरमा आज दिउसो १२ः३० बजे हाईलक्स गाडी दुर्घटना हुँदा सवारी चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
सो दुर्घटनामा माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्तामका ४६ वर्षीय सवारी चालक बलराम भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पाहुना लिनका लागि पोखरादेखि कालिमाटीस्थित मर्दी हिमाल ईको भिलेजतर्फ जाँदै गर्दा घलेलदेखि कालिमाटी खण्डको तादीखोलाको भीरमा गाडीमा दुर्घटना भएको बताइएको छ ।
तादीखोला तरेर उकालो चढ्नेक्रममा गाडीको ब्रेकले काम नगर्दा गाडी भीरबाट ५०० मिटर तल खसेको बताइएको छ ।