अभिनेत्री प्रियंका कार्कीद्वारा डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’लाई कारबाही गर्न माग

अभिनेत्री प्रियंका कार्कीद्वारा डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’लाई कारबाही गर्न माग


  • जन संचार
  • आइतबार, ६ चैत्र २०७८
  • 4.8K
    Shares

प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले नेपालमा अबैध भनिएको डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’लाई कारबाही गर्न माग गरेकी छिन।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालयमा पुगेर अभिनेत्री प्रियंका कार्कीले आज नेपालमा अबैध भनिएको डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’लाई कारबाही गर्न माग गरेकी हुन् ।

नेपालमा अबैध भनिएको डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’मा आफ्नो तस्वीर दुरुपयोग गरी बिज्ञापन गरेको भेटिए पछि आज उनी सीआईबी पुगेकी थिइन्। उनले सीआईबीमा आफ्नो तस्बीरको दुरुपयोग गरेर ‘क्रिप्टोकरेन्सी’मा बिज्ञापन बनाइएको भन्दै स्पस्टीकरण दिएको बताइएको छ। त्यस अवसरमा उनले आफ्नो तस्वीर दुरुपयोग गरी कसैले उक्त भिडियो बनाएको स्पष्टीकरण दिँदै दोषीलाई कारबाही गर्न माग गरेकी सामाचार स्रोतको दाबी छ।

उनले आफूलाई प्रहरीले नबोलाएको र आफैँ त्यहाँ पुगेको पनि बताएका छन् । उनका अनुसार फोटो दुरुपयोग गरी प्रचार गरिएपछि प्रहरीलाई छानविन गर्न सघाउन पुगेकी हुन् ।

प्रतिक्रिया