झन्डै छसय ग्राम लागू औषध चरेससहित दार्चुलाबाट एक जना वडा सदस्य पक्राउ परेका छन्। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य मोहनसिंह विष्ट लागू औषध चरेस सहित पक्राउ परेका हुन्।
व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी घर भई हाल सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा बस्दै आएका वडा सदस्य बिष्टलाई प्रहरीले सदस्र्मुकाम खलङ्गास्थित उनकै घरबाट पक्राउ गरेको हो। उनको घरबाट प्रहरीले छ सय १० ग्राम लागुऔषध चरेस पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य तथा चुकपानी घर भएका मोहनसिंह विष्ट पक्राउ परेका हुन्।
विज्ञापन
उनलाई ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेससहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।