पोखरा अन्तरराष्ट्रिय बिमानस्थलबारे गृहमन्त्रीले गलत तथ्यांक दिएको भन्दै पर्यटन बोर्डका पुर्व सदस्यले दिए गृहमन्त्री खाँडलाई चुनौती

पोखरा अन्तरराष्ट्रिय बिमानस्थलबारे गृहमन्त्रीले गलत तथ्यांक दिएको भन्दै पर्यटन बोर्डका पुर्व सदस्यले दिए गृहमन्त्री खाँडलाई चुनौती


  • जन संचार
  • बुधबार, २ चैत्र २०७८
  • 5.2K
    Shares

निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण लागतको बारे गृहमन्त्री बालकृष्ण खाँडले गलत सुचना दिएको भन्दै पोखराका पर्यटन ब्यबसायी एबम नेपाल पर्यटन बोर्डका पुर्व सदस्य बासु त्रिपाठीले आपत्ति जनाएका छन।

पोखराका प्रतिष्ठित पर्यटन ब्यबसायी समेत रहेका नेपाल पर्यटन बोर्डका पुर्व सदस्य बासु त्रिपाठीले आज सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री खाँडको भनाईप्रति आपत्ति जनाएका हुन्। उनले आफ्नो फेसबुकमा गृहमन्त्री खाँडले दिएका गलत तथ्यहरुको उजागर गरेका छन्।

गृहमन्त्री खाँडले मंगलबार आयोजित एक कार्यक्रममा गृहमन्त्री खाँडले पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलप्रति इंगित गर्दै “‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीमा भैरहवा विमानस्थलको मूल्य तीन हजार मिटर धावन मार्गको मुआब्जाबाहेक लागत ७ अर्ब, तर जुन विमानस्थलको धावनमार्ग २५ सय मिटर मात्रै छ। त्यसको लागत २१ अर्ब किन ?’ भनेर प्रश्न गरेका थिए।

पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको बारेमा गृहमन्त्रि बालकृष्ण खाँडले दिएको प्रतिक्रिया सतही भन्दै त्रिपाठीले आफ्नो फेसबुकमा विभिन्न तथ्यहरु अघि सारेका छन्।

पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थल बारे गृहमन्त्री खाँडले “गलत तथ्यांक पाएर हो वा अज्ञानताले हो अत्यन्त गलत सुचना दिनु भयो” भनेर प्रश्न पनि गरेका छन्।

त्रिपाठीले सारेको तथ्य अनुसार, भैरहवा अन्तर्रराष्ट्रिय विमानस्थलको लागत मुवाब्जा सहित ३३ अर्ब रुपियाँ रहेको तथ्य अघि सार्दै भैरहवा अन्तर्रराष्ट्रिय विमानस्थलको धावनमार्ग पिच भएको र पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको धावन मार्ग ढलान भएको उल्लेख गरेका छन्।

उनले “भैरहवाको BOQ (Bill of Quantity ) मोडेलमा टेण्डर भएको हो भने पोखराको EPC (Engineering, Procurement and Construction) मोडेलमा निर्माण भएको हो” तथ्य अघि सरेका छन्।
भैरहवाको विद्यमान आन्तरिक बिमानस्थललाई नै बिस्तार गरिएको तर पोखराको बिमानस्थल पुरै नयाँ निर्माण गरिएको उनले आफ्नो फेसबुकमा बताएका छन्।

पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण लागत जम्मा २१ अर्ब मात्र नभै त्यतिखेर परेका टेण्डर मध्ये सबै भन्दा कम ३०५ मिलियन अमेरिकी डलर भएको जिकिर गर्दै त्रिपाठीले २१ अर्ब भन्दा बढी भएको रकम चीनले नेपाललाई अनुदान दिएको जिकिर गरेका छन्।

आफु कारबाही गर्ने निकायको प्रमुख व्यक्ति भएर पनि गलत तथ्यांक प्रस्तुत गरिएकोमा आपत्ति प्रकट गर्दै पर्यटन ब्यबसायी त्रिपाठीले “यदी बढी भएको हो भने कुन शिर्षकमा कुन कारणले कति बढी भएको हो ? कति हुनुपर्ने थियो ? त्यो पनि प्रस्ट पार्दा राम्रो हुन्थ्यो कि ?” भनेर प्रश्न गरेका छन्।

सरकारको जिम्मेवार पदमा बसेर सतही अभिव्यक्ति दिदा मन्त्री खाँडको उचाई घट्ने कुरा तर्फ सजग गराउदै त्रिपाठीले यस्ता अभिव्यक्तिले देशको गरिमा र छिमेकी मित्र रास्ट्र संगको सम्बन्धमा पनि चिसोपना आउन सक्छ भन्ने कुरामा हेक्का राख्न सचेत पनि गराएका छन्।

पोखरा अन्तर रास्ट्रीय बिमान स्थलको लागतको बारेमा माननीय गृहमन्त्रि बालकृष्ण खाण ज्युले दिएको प्रतिक्रिया अलि सतही भयो कि!
१.तपाइंले पोखरा एरपोर्ट २५०० मिटरको Runway भएर पनि लगानी २१ अर्ब तर भैवाहावा बिमंस्थलको लगानी जम्मा ७ अर्ब भन्नु भएछ I तपाइंले गलत तथ्यांक पाएर हो वा अज्ञानताले हो अत्यन्त गलत सुचना दिनु भयो
क .भैरहवाको मुवाब्जा सहित ३३ अर्ब लगानी भएको हो I
ख . भैरहवा को Runway पिच हो भने पोखराको ढलान हो
ग . भैरहवाको BOQ (Bill of Quantity ) मोडेलमा टेण्डर भएको हो भने पोखराको EPC (Engineering, Procurement and Construction) मोडेलमा निर्माण भएको हो I
घ .भैरहवा को विद्यमान Domestic Airport लाइ नै बिस्तार गरिएको हो भने पोखरा Airport पुरै नयाँ ठाउँमा निर्माण भएको हो I
च .२१ अर्ब मात्र होइन ,पोखराको लगानी त त्यतिखेर परेका टेण्डर मध्ये सबै भन्दा कम ३०५ Million अमेरिकी Dollar हो I२१ अर्ब भन्दा बढी भएको रकम त चीनले नेपाललाई अनुदान दिएको हो नी I
२.तपाईं जस्तो राज्यको उच्च ओहदामा पुगेको मान्छे ले सत्तामा नभएको बेलामा पनि कागतपत्र मगाएर हेर्न सक्नु हुन्थ्यो अहिले त कारवाही नै गर्न सक्नुहुन्छ I यदी बढी भएको हो भने कुन शिर्षकमा कुन कारणले कति बढी भएको हो ? कति हुनुपर्ने थियो ? त्यो पनि प्रस्ट पार्दा राम्रो हुन्थ्यो कि !
३.यस्ता सतही अभिव्यक्तिले तपाइंको उचाई त घटाउन्छ नै देशको गरिमा र छिमेकी मित्र रास्ट्र संगको सम्बन्धमा पनि चिसोपना आउन सक्छ भन्ने कुरामा हेक्का राख्ने कि माननीय मन्त्रि ज्यु I

प्रतिक्रिया