अभिनेता पल शाह फेरि जिल्ला प्रहरी कार्यालय तनहुँ ल्याइए

अभिनेता पल शाह फेरि जिल्ला प्रहरी कार्यालय तनहुँ ल्याइए


  • जन संचार
  • मंगलबार, १ चैत्र २०७८
  • 5.1K
    Shares

एक जना किशोरी गायिकालाई वलात्का गरेको आरोप लागेका अभिनेता पल शाहलाई फेरि दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँ ल्याइएको छ।

उनै किशोरी गायिकाले दिएको अर्को वलात्कार सम्बन्धि मुद्दामा नवलपुरमा बयान दिए पश्चात उनलाई मंगलबार फेरि दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँ ल्याइएको हो ।

केही दिन अघि मात्र प्रहरीले तनहुँ प्रहरीबाट तिनै किशोरी गायिकाले दिएको वलात्कार सम्बन्धि मुद्दामा बयान दिन इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो। त्यहाँ उनले जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरमा आफु बिरुद्ध लागेका आरोपहरुको प्रतिबाद गर्दै बयान दिएका थिए।

पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए। फागुन १५ गते तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट पुर्‍याइएको थियो।

तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।

प्रतिक्रिया