फिल्म निर्माता कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी बंगाली अभिनेत्री पाकेट मार्दै गर्दा पक्राउ

फिल्म निर्माता कश्यपलाई यौन उत्पीडनको आरोप लगाएकी बंगाली अभिनेत्री पाकेट मार्दै गर्दा पक्राउ


  • जन संचार
  • सोमबार, ३० फाल्गुन २०७८
  • 6.4K
    Shares

अभिनेत्री रुपा दत्ता

केही वर्षअघि फिल्म निर्माता अनुराग कश्यपलाई यौन उत्पीडनको गलत आरोप लगाएकी लोकप्रिय अभिनेत्री रुपा दत्ता पक्राउ परेकी छिन् ।

कोलकाता अन्तर्राष्ट्रिय पुस्तक मेलामा पाकेट मारेको आरोपमा प्रहरीले अभिनेत्री दत्ता पक्राउ परेकी हुन्।

शंकाश्पद् रुपमा सार्वजनिक स्थलको फोहोरको थुप्रोमा झोला फाल्दै गर्दा पक्राउ परेकी अभिनेत्री दत्ताले आफ्नो गल्ती स्वीकार गरिसकेकी छिन। विधान नगर उत्तर प्रहरी चौकीको हिरासतमा प्रहरी अधिकारीले सोधपुछ गरेपछि मात्र प्रहरीले उनी बंगाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री रुपा दत्ता भएको थियो। प्रहरीले उनको झोला खानतलाशी गर्दा अरू थुप्रै पर्स भेट्टाएको थियो भने धेरै नगद बरामद गरेको थियो।

अनुसन्धानमा अभिनेत्री दत्ताले आफूले विभिन्न ठाउँमा गएर पाकेट मार्ने गरेको स्वीकार गरिन् । उनले मेला, कार्यक्रम र मानिसहरूले भरिएको स्थानहरू गएर पकेट मार्ने गरेको बताइन् ।

प्रहरीका अनुसार रुपा दत्ता त्यही अभिनेत्री हुन् जसले केही वर्षअघि फिल्म निर्माता अनुराग कश्यपलाई यौन उत्पीडनको गलत आरोप लगाएकी थिइन् । सन् २०२० मा रुपा दत्ताले अनुराग कश्यपलाई फेसबुकमा गलत सन्देश पठाएको आरोप लगाएको थिइन् । तर पछि अनुरागको नाम लिएर रुपा अर्को व्यक्तिसँग कुरा गरिरहेको खुलासा भयो । रुपाले आफ्नो च्याटको स्क्रिनसट ट्वीटमा सेयर गरेकी थिइन्।

प्रतिक्रिया