मुआब्जा क्षेत्रमा पर्ने जग्गा जालसाजी गरेर लिखत पास गराएको आरोपमा संखुवासभाका एक वडाध्यक्षसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
जग्गा जालसाजीको आरोपमा सङ्खुवासभा प्रहरीले भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित सात जनालाई पक्राउ गरेको हो ।
नेकपा (एमाले) गाउँ कमिटीका अध्यक्षसमेत रहेका वडाध्यक्ष भोटेबाहेक बाँकी छ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन
उनीहरुले माथिल्लो अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।
मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले जानकारी दिए ।