झन्डै साढे सातसय किलो नक्कली महसहित चितवनबाट सात जना पक्राउ

झन्डै साढे सातसय किलो नक्कली महसहित चितवनबाट सात जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ फाल्गुन २०७८
  • 3.9K
    Shares

ईलाका प्रहरी कार्यालय भण्डारा चितवन

झन्डै साढे सात सय किलो नक्कली महासहित चितवनको भण्डाराबाट सात जना पक्राउ परेका छन्।

नक्कली मह बेच्दै हिँडेको भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले शुक्रबार) बिहान राप्ती नगरपालिका ५ भण्डारास्थित त्रिशुली होटलबाट सातसय ५८ किलो नक्कली महसहित सात जना लाई पक्राउ गरेको हो ।
महको कारोबार गर्ने तराइमुलका रहे पनि उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उनीहरुले जंगलबाट मौरी काढेर ल्याएको सक्कली मह हो भनी स्थानीयलाई झुक्यानमा पारी बिक्रीवितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीहरुले नक्कली मह ल्याएर केही दिन भाडामा बस्ने र पछि पुनः सोही नक्कली महलाई सक्कली हो भन्दै बिक्री वितरण गर्दै आएको बताइएको छ।

पक्राउ परेकाहरुलाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो नियन्त्रणमा राखी थप सोधपुछ तथा अनुसन्धान गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार