अभिनेता पल शाहका मेनेजर जोशी पक्राउ, चलचित्र निर्देशक थापा थुनामुक्त

अभिनेता पल शाहका मेनेजर जोशी पक्राउ, चलचित्र निर्देशक थापा थुनामुक्त


  • जन संचार
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 4.1K
    Shares

अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई तनहुँबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जोशीसँग सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ । एक किशोरी गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग सम्पर्कमा भएको देखिएपछि जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

आजै अभिनेता पल शाहलाई फरार बनाउन सहयोग गरेको विषयमा निर्देशक सुदर्शन थापालाई पनि नियन्त्रणमा लिइएको थियो । उनी अहिले नियन्त्रणमुक्त भएका छन ।

प्रतिक्रिया