ताप्लेजुङ सदरमुकामस्थित कोप्चे बजारमा आगलागी, एक बृद्धाको मृत्यु

ताप्लेजुङ सदरमुकामस्थित कोप्चे बजारमा आगलागी, एक बृद्धाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 3.9K
    Shares

ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी एक जना बृद्धाको मृत्यु भएको छ।

सो आगलागीमा परि घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार, आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार