बिद्यालय समयमा मादक पदार्थ सेवन गरी अभद्र ब्यबहार गरेको भन्दै मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले खोटाङको एक बिद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेर कारबाही गरेका छन्।
खोटाङको खोटेहाङ गाउँपालिका, वडा नं. ६ स्थित पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक ताकमान राईलाई खिल क्रान्तिकारीका कार्यकर्ताले खोटाङको एक बिद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेर कारबाही गरेका हुन्।
बुधबार अखिल क्रान्तिकारी १ नं. प्रदेश सदस्य पावेल राईको नेतृत्वको विद्यार्थी तथा अभिभावकसमेतको टोलीले राईलाई कालो मोसो दली कारवाही गरेको क्रान्तिकारीको भनाइ छ ।
प्रधानाध्यापक राईले विगत लामो समयदेखि विद्यालय समयमा विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरी अमर्यादित क्रियाकलाप गर्ने, विद्यालयमा नियमित उपस्थित नहुने, शिक्षक, कर्मचारी तथा विद्यार्थीसामु असामाजिक गतिविधि गर्दै आइरहेको भन्ने गुनासोका आधारमा क्रान्तिकारीले कालोमासो दलिएको दाबी गरिएको छ ।
यसैबीच प्रधानाध्यापक राईलाई कालोमोसो दल्ने कार्यमा संलग्न रहेको आरोप लगाएर प्रहरीले अखिल क्रान्तिकारी १ नं. प्रदेश सदस्य पावेल राईलाई पक्राउ गरेको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत पावेल राईलाई बिना सर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन् । प्रतीकात्मक चित्र