सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा दाजुको मृत्यु, भाई घाइते

सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा दाजुको मृत्यु, भाई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ फाल्गुन २०७८
  • 4.1K
    Shares

भिरखर्क सामुदायीक वनमा लागेको आगो

म्याग्दी जिल्लास्थित एक सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जना स्थानीय बासिन्दाको मृत्यु भएको छ भने उनकै भाई घाइते भएका छन्।

म्याग्दीजिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजे अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागी परी मृतक बोहराका भाई २१ बर्षिय मनबहादुर बोहरा गम्भिर घाइते भएका छन् ।

सोमबर रातिदेखि लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक बीरेन्द्रराज गुरुङले दिएको जानकारी अनुसार, जलेर गम्भीर घाइते बनेका मनबहादुरको अवस्था चिन्ताजनक नै रहेको छ। इलाका प्रहरी कार्यालय दरबाङमा खटिएको प्रहरी टोली ,स्थानीयबासी ,युवा क्लब ,लायन्स क्लब ,रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएकोमा त्यहाँ उपचार हुन् नसकेपछि तत्काल प्रभु हेलीकप्टरमार्फत पोखरास्थित बिएण्डबी अस्पतालमा लगिएको छ। मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार