किशोरी गायिका बलात्कारकाे आरोप लागेका अभिनेता पल शाह गैंडाकोट पुर्याइए

किशोरी गायिका बलात्कारकाे आरोप लागेका अभिनेता पल शाह गैंडाकोट पुर्याइए


  • जन संचार
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 4.7K
    Shares

अभिनेता पल शाह गिरफ्तार

नाबालिग किशोरी गायिका बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारकाे जाहेरी दिएकी किशोरी गायिकाले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले आफुलाई बलात्कार गरेको भन्दै दुई साताअघि इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता गरेकी थिइन् ।

उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदालतबाट हिरासतमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए ।

फागुन १६ गते ती किशोरी गायिकाले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष चैत ७ गते एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन् ।

प्रतिक्रिया