युट्युबमा अभिनेत्री रेखा थापालाई गाली गरेको आरोपमा वाइवा पक्राउ

युट्युबमा अभिनेत्री रेखा थापालाई गाली गरेको आरोपमा वाइवा पक्राउ


  • जन संचार
  • सोमबार, २३ फाल्गुन २०७८
  • 5.1K
    Shares

अभिनेत्री रेखा थापाविरुद्ध युट्युबमार्फत् गालीगलौज गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन। नायिका रेखा थापालाई युट्युबमार्फत् गालीगलौज गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले काठमाण्डौको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई पक्राउ गरेको हो ।

नायिका रेखा थापालाई युट्युबमार्फत् गालीगलौज गरेको भन्दै उनकी दिदी तारा थापाले प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिग किशोरीको पक्षमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी अभिनेत्री थापाप्रति गालीगलौज गर्दै एवान मिडियाको नाममा युट्युबमा सामग्री प्रसारण गरिएको थियो । साइबर ब्युरोले उक्त मिडिया दर्ता भएरनभएको जानकारी दिनसमेत प्रेस काउन्सिलमा पत्राचार गरेको छ।

 

प्रतिक्रिया